०३ असार २०८३, बुधबार

कोरोनाः निको भएर घर फर्कनेको संख्या सात पुग्यो

बैशाख १०, २०७७
कोरोनाः निको भएर घर फर्कनेको संख्या सात पुग्यो
प्रतिकार्यात्मक तस्वीर।

नेपालमा कोरोना संक्रमितमध्ये उपचार गरेर निको भइ घर फर्कनेको संख्या ७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उपचार गरिरहेकामध्ये निको भएर दुई जना बुधबार मात्र घर फर्किएसँगै उपचार गरेर फर्कनेको संख्या सात पुगेको हो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा बुधबार थप तीन वटा परीक्षण पोजेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए। उनीहरु तीनै जना पुरुष भएको बताइएको छ । 

नेपालमा हालसम्म कोरोना संक्रमितको सङ्ख्या ४५ पुगेको छ । ३५ जनाको उपचार भइरहेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्