
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सांसद अपहरण गर्नेमाथि अनुसन्धान र कारवाही हुनुपर्ने माग राखेका छन् ।
शुक्रवार प्रधानमन्त्री ओलीकै निमन्त्रणामा देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए । देउवा पुग्नुअघि बसेको मन्त्रिपरिषद बैठकले गत सोमवार जारी भएका दुई विवादास्पद अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।
कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले एक विज्ञप्ति जारी गर्दै देउवाले अध्यादेश फिर्ता भएर मात्र नहुने, बरू सांसद अपहरण गर्नेमाथि अनुसन्धान र कारवाही हुनुपर्ने माग राखेको जनाएका छन् ।
पौडेलले जारी गरेको विज्ञप्ति -
नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा र प्रधानमन्त्री श्री के.पी. शर्मा ओली बीच आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट सम्पन्न भएको छ । भेटका क्रममा सभापति देउवाले निम्न कुरा प्रधानमन्त्री समक्ष राख्नुभएको छ ।
(१) दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो,त्यसका लागि धन्यवाद छ । तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्,तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ । मेरो माग यहि छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ ।
(२) ब्यापक परिक्षण अहिलेको आवश्यकता हो ।
समुदाय स्तरमा व्यापक परिक्षण गर्न ढिलो नगरौं ।
(३) स्वास्थकर्मीहरुलाई पीपिइ लगायतका सामग्री अझै पर्याप्त पुगेको छैन । यथासिघ्र पु¥याउनु
प¥यो । स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम कतिपयले गरेको सुनिन्छ,त्यसलाई तुरुन्तै रोक्नुपर्छ ।
(४) श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस् ।
ड्ड राहत घोषणा अधुरो भयो,पुग्नु पर्नेकोमा अझै पुगेन ।
ड्ड श्रमिक,बेरोजगार,विद्यार्थी र साना ठुला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनोस् ।
(५) बिदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिटेन्स पठाएर योगदान गरे,आज उनीहरु अप्ठ्यारोमा परेका छन् । त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्दार गर्ने बारे तत्काल योजना सार्वजनिक गर्नोस् र कार्यान्वयन थाल्नोस् ।
सभापति देउवाले कोरोनाको जोखिमसंग लडिरहंदा अब बिवादका कुनै कुरा नल्याउन तपाईंलाई मेरो सुझाव छ,भनेर प्रधानमन्त्रीलाई थप सजग पनि गराउनु भएको छ
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
नेपाली कांग्रेस