फर्निचर उद्योगमा आगलागी हुँदा एक करोड क्षति

प्रतिकार्यात्मक तस्वीर।

पोखरा महानगरपालिका ९ नागढुङ्गास्थित फर्निचर उद्योगमा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ। डेढ वर्षअघि दुर्गाप्रसाद भट्टराई र विकास क्षेत्रीले सञ्चालन गरेको विशेष फर्निचर उद्योगमा शनिबार भएको आगलागीमा ७० लाखको फर्निचरका सामग्री र ३० लाख बराबरको भौतिक संरचना जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
      
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयसहित दमकल र पानी ट्याङ्करको सहयोगमा लगभग डेढ घण्टामा आगो नियन्त्रणमा आएको हो। लकडाउनको समय भएका कारण फर्निचरमा कामदार कोही नभएकाले विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने सञ्चालक दुर्गाप्रसाद भट्टराईले जानकारी दिए।


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्