२२ असार २०८३, सोमबार

कोरोनाका लागि औषधि बनाएर आफैंमा परीक्षण गर्ने चिकित्सकको मृत्यु

बैशाख २८, २०७७
कोरोनाका लागि औषधि बनाएर आफैंमा परीक्षण गर्ने चिकित्सकको मृत्यु

कोरोनाभाइरसको कहर जारी रहेको बेलामा यसलाई अन्त्य गर्न विभिन्न किसिमका औषधि र खोपहरूका परीक्षण भइरहेको छ । 

यसैबीच भारतको चेन्नईमा एक चिकित्सकले कोरोनाभाइरसको उपचारका लागि बनाएको औषधि आफैंमा परीक्षण गर्दा उनको मृत्यु भएको छ । 

पेरुगुंडीमा बस्ने शिवगनेसन एक आयुर्वेदिक उत्पादन कम्पनीका फार्मासिस्ट र प्रोडक्सन म्यानेजर हुन् । उक्त कम्पनीको कफ सिरप प्रसिद्ध छ । 

कोरोनाभाइरस निको पार्न शिवगनेसन र उनका हाकिम राजकुमारले एक औषधि खोज्ने कोशिश गरिरहेका थिए । राजकुमारले उक्त औषधिका केही थोपा पिए भने शिवगनेसनले अलि बढी नै पिए । 

त्यसपछि दुवैजना बेहोश भए । उनीहरूलाई तत्कालै नजिकैको अस्पताल लगियो । शिवगनेसनको मृत्यु अस्पतालमा भएको थियो भने राजकुमारको स्वास्थ्य गम्भीर भएको बताइएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

अहिलेसम्म कोरोनाभाइरसको खोप पत्ता लागिसकेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्