०८ असार २०८३, सोमबार

निर्माताबाट पीडित शर्लिन

बैशाख २९, २०७७
निर्माताबाट पीडित शर्लिन

फिल्म उद्योगमा ‘कास्टिङ काउच’ को घटना बाहिर आइरहन्छन्। यसैबीच, बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडाले कास्टिङ काउचको अनुभव बताएकी छन्। उनले आफ्नो करिअरको सुरुआती दिनका बारेमा बताउँदै कास्टिङ काउचको सिकार भएको खुलासा गरेकी हुन्।

चोपडाले करिअरको सुरुआतमा फिल्म निर्माताले खाना खाने बहानामा बोलाउने बताएकी छन्। उनका अनुसार कास्टिङ काउचलाई ‘डिनर’ नामको कोड दिइन्थ्यो। उनले भनेकी छन्, ‘म उनीहरूलाई फिल्ममा कामका लागि आग्रह गर्थें। उनीहरू मलाई डिनरमा भेट्ने आश्वासन दिन्थे। उनीहरू रातको ११/१२ बजेतिर डिनरका लागि बोलाउँथे।’ हालै बलिउडकी अभिनेत्री चित्रांगदा सिंह र अभिनेता आयुष्मान खुरानासमेत कास्टिङ काउचको सिकार भएको समाचार आएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्