२५ जेठ २०८३, सोमबार

नवलपूरमा पनि देखियो कोरोना संक्रमण, संक्रमितको संख्या २४६ पुग्यो

नवलपूरमा पनि देखियो कोरोना संक्रमण, संक्रमितको संख्या २४६ पुग्यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ  ।

मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । 

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

सङ्क्रमित व्यक्ति स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोभिड–१९ पुष्टि भएकाको सङ्ख्या २४६ पुगेको छ । 

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्