
नेपालमा थप ९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
शुक्रवार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले एक विज्ञप्ति निकाल्दै थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
संक्रमण हुनेमा पर्साका ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिला, उदयपुरनिवासी २५ वर्षीय पुरुष, दाङनिवासी २३, ३६ र ३४ वर्षीय पुरुष र काठमाडौँ सतुंगल निवासी ७ वर्षीय बालक छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ भने ३६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
डाक्टर अधिकारीले नयाँ फेला परेका संक्रमितहरूको स्वास्थ्यअवस्था सामान्य रहेको बताएका छन् ।