
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले सरकारलाई लक-डाउन अझ थप्ने सुझाव दिएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले संयोजन गरेको समितिको आइतवार बसेको बैठकले सरकारलाई लक-डाउन अझै थपेर अघि बढ्नुपर्ने सुझाव दिएको हो ।
लक-डाउन जेठको दोस्रो सातासम्म लम्बिन सक्ने बैठकमा सहभागी एक मन्त्रीले बताए ।
समितिले दिएको सुझावका आधारमा आजै मन्त्रिपरिषदले लक-डाउनसम्बन्धी निर्णय गर्नेछ ।
अहिले जेठ ५ गतेसम्मका लागि लक-डाउन जारी छ ।