
काठमाडौंको डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ ।
कैदीबन्दीबीच झडप हुँदा एक जना सामान्य घाइते भएको काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार घाइते कैदीको टाउकामा सामान्य चोट लागेको छ ।
आफूसँग भएको पैसा सकिएको र लकडाउनका कारण आफन्त पनि भेट्न नआएको निहुमा झगडा भएको हो, ज्ञवालीले भने ।