क्वारेन्टाइनमा २ जना तर मेरो सुरक्षामा ७ जना, त्यसैले सुरक्षाकर्मी फिर्ता गरिदिएँ – मुख्यमन्त्री शाही

शेरबहादुर थापा
शेरबहादुर थापा

लोकान्तर संवाददाता थापा कर्णाली प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा सुरक्षाकर्मी फिर्ता, क्वारेन्टाइनको सुरक्षामा सहयोग पुग्ने अपेक्षा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता गरेका छन् ।


Advertisement

शनिवार मुख्यमन्त्री शाहीले उनको सुरक्षामा खटिएका स्कटिङ गर्ने गाडीसहित सुरक्षामा खटिएका ८ जना प्रहरीहरु फिर्ता पठाएको उनले लोकान्तरलाई जानकारी दिए ।

कोरोना महामारी रोकथामका लागि सहयोग होस् भनेर सुरक्षामा खटिएका प्रहरी फिर्ता गरेको मुख्यमन्त्री शाहीको भनाइ छ ।


Advertisement

‘बाहिर सुरक्षाकर्मीको अभाव छ । क्वारेन्टाइनस्थलमा दुईजना प्रहरीले सुरक्षा दिइरहेका छन् । त्यसैले केही सजिलो होला भनेर फिर्ता गरेको हुँ,’ उनले भने, ‘कम्तिमा क्वारेन्टाइनको सुरक्षा गर्न सकेको खण्डमा कोरोना धेरै नफैलिने अपेक्षाका साथ मैले फिर्ता गरेको हुँ । मेरो भन्दा क्वारेन्टाइनको सुरक्षा गर्न मैले बढी आवश्यकता देखेका कारण सुरक्षाकर्मी फिर्ता गरेको हो ।’

मुख्यमन्त्रीको सुरक्षामा एक सई, असई, हवल्दार र चारजना सिपाही गरी ७ जना प्रहरी र एकजना ड्राइभर खटिएका थिए । मुख्यमन्त्रीले फिर्ता गरेका प्रहरीले शनिवारदेखि नै जिल्ला प्रहरी कार्यालयमा डियुटी शुरू गरिसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्