
मंगलवार माैसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, हाल नेपालको पुर्वी भू-भाग आसपासमा निम्न चापीय प्रणाली रहेको छ साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ।
हाल देशको पहाडी भू-भागका केहि स्थानमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
मंगलवार दिउँसो देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा अपरान्ह पश्चात सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।
यस्तै मंगलवार राती देशको पूर्वी तथा मध्य भू-भागमा सामान्य बदली रहनेछ।पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया मौसम सफा रहनेछ। पूर्वी र मध्य भू-भागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।