कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
धनगढी उपमहानगरपालिका–८ मनेहरास्थित मुक्तकमैया शिविरका ६४ वर्षीय आशाराम डंगौरा थारु शारीरिक रुपले असक्त छन् । हिँड्न सक्दैनन्,आँखा पनि देख्दैनन् ।
डंगौराका छोरा कामको खोजीमा भारत पसेको ६ वर्ष बितेको छ । २ वर्षसम्म सम्पर्कमै रहेका उनका छोरा ४ वर्षयता सम्पर्कविहीन छन् । उनकी पत्नी पनि गएको पुसमा दुनियाँ छाडेर गइन् । त्यसयता उनी एक्लो र बेसहारा छन् ।
जीवनको उत्तराद्र्धमा उनी छिमेकीको सहारामा बाँचेका थिए । उनै छिमेकी कोरोना भाइरस (कोभिड १९) महामारीले संकटमा फसेपछि उनको जीवन नै दाउमा परेको थियो ।
तर धनगढी उपमहानगरपालिका–७ का विष्णु खनालले सहयोग सामग्रीसहित उनको चुल्हो बाल्न पुगेपछि निभेको उनको मन ढपक्क बल्न पुगेको छ ।
‘मेरो त छिमेकीको भान्सामा खाना पाक्छ,’ डंगौराले भने, ‘यो संकटमा हामीलाई सहयोग गर्ने उहाँ हाम्रो लागि भगवान् जस्तै हो । आफ्नै छोराको सहारा नपाएको यो वृद्ध अवस्थामा भगवान्ले मलाई अर्को छोरो पठाएको अनुभूति भएको छ ।’
शिविरका ६५ वर्षीय बेचन डगौरा र उनकी ६४ वर्षीया पत्नी सुख्नीदेवी डगौरा पनि खनालको सहयोगबाट हर्षित छन् । बेचनका ३ दाजुभाइ आ–आफ्नो परिवारसहित अलग बसेका छन् । कोरोनाको संकटमा अप्ठ्यारोमा परेका ती परिवारलाई पनि खनालको परोपकारी कदमले बुढेसकालमा दुःखेको मनमा मल्हम लगाएको छ ।
बेचन र सुख्नीसँग ११ वर्षीय नाति पनि छ । उनकी माइली बुहारीले विष सेवन गरेर आत्महत्या गरेपछि उनको माइलो छोराले अर्को विवाह गरेका छन् । माइलो छोराको पहिलो बुहारीबाट जन्मेको बच्चालाई उनीहरूले आफूसँगै राखेका छन् ।
‘गाह्रो परेको बेला छोराहरू सहयोग गर्थे तर यो बेला उनीहरू आफैं समस्यामा छन्,’ सुख्नीले भनिन्, ‘शिविरका हामी सबै मजदुरी गरेर खाने परिवार बस्छौं । लकडाउन भएको २ महिना पुग्यो । यो बीचमा सरकारले पनि केही राहत दिएको छ तर काम पनि ठीकसँग गर्न पाएका छैनौं । आफ्नै स्रोत बन्द भएपछि अप्ठ्यारै हुन्छ । बेलाबेलामा खनाल छोराले गर्दै आएको सहयोगको कुनै मोल छैन ।’
दीनदुःखी देख्दा भावविह्वल हुने खनाल दीनदुःखी देख्दा आफ्नै विगत स्मरण हुने बताउँछन् । धेरै गर्न नसकेपनि थोरैलाई थोरै दिएर पनि सहयोग गर्न पाउँदा सुखानुभूति हुने उनले बताए ।
आफ्नो पनि आयस्रोत त्यतिधेरै नभएको बताउने उनी भन्छन्, ‘के भनौं,मन हुनेलाई धन हुँदैन,धन हुनेलाई मन हुँदैन । आफ्नो धेरै त छैन तर केही नभएकालाई थोरै सहयोग गर्न पाउँदा मन सन्तुष्ट हुन्छ ।’
उनी आजभोलि समस्यामा परेका वृद्धवृद्धा,अपाङ्गता भएका व्यक्ति र अनाथ गरी ४ मुक्तकमैया परिवारका १६ जनाको पेट पाल्नुका साथै आवश्यक अन्य सहयोग पनि गर्दै आएका छन् ।
शिविरका ६१ वर्षीय तेजुराम चौधरी पनि संकटको बेला खनालबाट सहयोग पाएको सुनाउँछन् । उनले आवश्यक सामग्री खनालबाट सहयोग पाएपछि राज्यले दिएको राहत फिर्ता गरेका छन् । उनी भन्छन्, ‘बरु हामी जस्तै गरीब परिवारलाई राहत दिनु भनेर नगरपालिकाले दिन लागेको राहत लिएका छैनौं ।’
खनालले मुक्तकमैया शिविरका बोल्न नसक्ने एक महिलालाई पनि सहयोग गर्दै आएका छन् । खनालले भने, ‘उहाँको पनि कोही छैन । नाम थाहा छैन उहाँको । उहाँलाई पनि थोरै सहयोग गर्न पाएको छु ।’
खनालले ती परिवारलाई लकडाउनको अवधिमा कुनै कुराको अभाव हुन नदिने बताए तर बढ्दो लकडाउनले उनलाई सहयोगको चिन्ता थपिँदै आएको छ । पहिलो चरणमा उनले दाल,चामल,नून,तेल,खुर्सानी,साबुन,कपडा र औषधि उपलब्ध गराएका छन् । दोस्रो चरणमा औषधि र खाद्यान्न उपलब्ध गराएको बताउँदै उनले हालसम्म ४ चरणको सहयोग गरेको बताए ।
ती मुक्तकमैयासँग खनालको साइनो २०५७ सालदेखि छ । त्यसताका उनी अमिन अध्ययन सकेर प्रयोगात्मकका लागि धनगढीका चित्रबहादुर कार्कीको घरमा जग्गा प्लटिङको काम गर्थे । कार्कीकै घरमा मुक्तकमैया आशाराम डंगौरालगायत कमैयाहरू पनि मजदुरी गर्थे । डंगौरासँगै एकै घरमा मजदुरी गरेका खनाल उनै डंगौरालाई सहयोग गर्न पाउँदा गौरव महसूस गर्छन् । विगतको संघर्ष र डंगौरासँग काम गरेका ती पलले खनाललाई परोपकारी बाटोमा डोर्याइरहेको छ ।
को हुन् विष्णु खनाल ?
कैलाली जिल्लाको कैलारी गाउँपालिका–२ रामपुर स्थायी घर भएका खनाल भन्छन्, ‘म बडो दुःख र संघर्ष गरेर आज केहीलाई थोरै दिने अवस्थामा छु । बाल्यकालमा च्यातिएको बोरामा सुतेको मान्छे हो । कामको खोजीमा भारत बस्दा एक गाँस रोटीका लागि निकै तड्पेको व्यक्ति हुँ । मजदुर र कमैयाको पीडा आफैं भोगेको छु । त्यसैले सहयोग गर्न मन लागिरहन्छ ।’
रामपुर गाउँमा खनालका आमाबुवा खेती किसानी गर्छन् भने उनी धनगढीमा टेम्पल रिसोर्ट होटल सञ्चालन गर्दै आएका छन् । सन् १९९८ मा भारतको मुम्बईमा पाँचतारे होटलमा रिसेप्सनिस्ट हुँदै होटल सम्बन्धी काम सिकेका उनी धनगढीका विभिन्न होटलमा काम गर्दै आजभोलि टेम्पल रिसोर्टमा सहसञ्चालकको भूमिका निर्वाह गर्दै आएका छन् ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...