कोरोना संकटबीच गर्भवती र सुत्केरी भयरहित ढंगले अस्पताल जाने वातावरण बनाइयोस्– सांसद रावल

राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा 'पार्वती'ले गर्भवती तथा सुत्केरी महिलाको सुरक्षामा विशेष ध्यान दिन सरकारसँग माग गरेकी छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै सांसद रावलले गर्भवती तथा सुत्केरीहरू अस्पताल नै नपुग्ने र पुगेपनि राम्रो उपचार नपाउने अवस्था रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन् ।


Advertisement

'गर्भवती तथा सुत्केरी महिला भयरहित ढंगले स्वास्थ्य संस्थामा जान सक्ने र उपचार लिन सक्ने स्थिति निर्माण गरियोस्', राष्ट्रिय सभा अध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराउँदै उनले भनिन् ।

झण्डै २ महिनादेखि जारी लकडाउनको समयमा घरेलु हिंसा बढेकोतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराइन् ।


Advertisement

नेपालमा कोभिड- १९ बाट १ हजार ८ सय ११ जना संक्रमित भइसके भन्दै उनले संयमित रहन र सरकारले जारी गरेका नीति निर्देशनलाई गम्भीरतापूर्वक पालना गर्न सम्पूर्ण नागरिकमा अपिल समेत गरिन् ।


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्