०६ साउन २०८३, बुधबार

बासी मासु बेच्ने २ पसल कारबाहीमा

जेठ २१, २०७७
बासी मासु बेच्ने २ पसल कारबाहीमा
प्रतिकार्यात्मक तस्वीर।0

नेपालगञ्जमा बासी मासु बेचेको आरोपमा दुई मासु पसललाई कारबाही गरिएको छ। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बजार अनुगमनको क्रममा नेपालगन्ज धम्बोझीस्थित सगरमाथा मासु एण्ड पोल्ट्री सप्लायर्स र हाम्रो फ्रेस हाउसलाई जरिवाना गरेको हो। 

 कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालका अनुसार बिक्रीका लागि बासी मासु राखेको तथा बिल र  तौलकाँटा दुरुस्त नभएकाले तिनलाई २०-२० हजार जरिवाना गरिएको छ।

अनुगमन टोलीले हाम्रो पसलमा रहेको २५ किलो बासी मासुसमेत नष्ट गरेको छ। यसैगरी अनुगमन टोलीले नेपालगञ्जका अन्य स्थानका विभिन्न मासु पसलको पनि अनुगमन गरी मापदण्ड विपरीत मासु बिक्री नगर्न निर्देशन दिइएको जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्