
काठमाडौं, १५ वैशाख — उत्तर कोरियाले आफ्नो सैन्यशक्ति देखाउने सनसनीपूर्ण तस्वीरहरू सार्वजनिक गरेको छ ।

यी तस्वीरहरूमा राज्यको पूर्वी तटमा अनेकौं हतियार राखिएको र सैनिकहरूले जमेर अभ्यास गरेको देख्न पाइन्छ ।

शक्तिप्रदर्शनमा पनडुब्बीहरू पनि देखिन्छन् । जेट विमानहरू उडान र अवतरण गरेका पनि भेटिन्छन् ।

तस्वीरहरू सार्वजनिक गरेसँगै उत्तर कोरियाले पश्चिमी मुलुकसँगको युद्ध चर्किने लक्षण देखाउँदैछ । हुन पनि किम जोङ–उनले फाइटर जेट, एट्याक सबमरिन र मल्टिपल आर्टिलरी युनिट सबै प्रदर्शन गरेका छन् । 






एजेन्सी