१९ असार २०८३, शुक्रबार

दुई चरणको निर्वाचन गलत हो : उपेन्द्र यादव

कात्तिक २०, २०७४
दुई चरणको निर्वाचन गलत हो : उपेन्द्र यादव
काठमाडौं, १४ बैशाख– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयकलाई पारित गर्नुको विकल्प नभएको बताएका छन् ।

उनले सरकार, राजपा नेपाल र संघीय गठबन्धनबीच भद्र सहमति भएर नै संशोधन प्रस्ताव अगाडि बढाईएको बताए । यसलाई पारित गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।

बिहीबार रिपोर्टर्स क्लबमा आयोजना गरिएको साक्षातकारमा अध्यक्ष यादवले सत्तारुढ र आफूहरुवीच भएको सहमति अनुसार नै संशोधन प्रस्ताव पारित गराउनुपर्ने बताए ।

उनले भने,‘सहमतिको अक्षरंस अनुसार नै जानुपर्छ, संशोधन प्रस्ताव प्रक्रियामा गैसकेको छ, यसको सैद्धान्तिक छलफल सुरु भैसकेको छ, ७२ घण्टासम्म संशोधनको लागि समय छुट्टयाईएको छ, यही बीचमा यसलाई अनुमोदन गर्नुपर्छ, अब ढिलो गर्नुहुँदैन, समय अत्यन्तै कम छ ।’

संघीय गठबन्धनका संयोजक समेत रहेका नेता यादवले उक्त प्रस्ताव पारित नभए आफूहरुले कुनैपनि निर्वाचनमा भाग नलिने चेतावनी दिए । उनले भने,‘प्रस्ताव पारित नभए हामी आन्दोलनमा जान्छौं, प्रस्ताव पारित गराउन वातावरण बनाउनको लागि हामीले केही दिनमात्रै संघर्षका कार्यक्रमहरु स्थगन गरेका छौं, यदि प्रस्ताव पारित हुँदैन, फेरि पनि हामीमाथि धोका हुन्छ भने हामी सशक्त आन्दोलनमा उत्रिन्छौं, त्यतिवेला निर्वाचन नहुन सक्छ।’ यादवले संविधान संशोधन नभए निर्वाचनलाई सोझै प्रभाव पर्ने समेत स्पष्ट पारे ।

अध्यक्ष यादवले सरकारले घोषणा गरेको दुई चरणको निर्वाचन गलत भएको बताउँदै भने,‘दुई चरणको निर्वाचन गलत हो, गलत मात्रै होईन यो अत्यन्तै गलत छ, यसले भविष्यमा नराम्रा संकेत छोड्न सक्छ, एकै चरणमा निर्वाचन गर्नु नै देशको हितमा छ, हतारो गरेर उपयुक्त छैन्।’ राष्ट्रिय एकतालाई बलियो बनाउनको लागि पनि एकै चरणमा निर्वाचन गर्नुपर्नेमा उनको जोड थियो ।

निर्वाचनको मिति धेरै नजिक आईपुग्दा समेत निर्वाचनका प्रक्रिया जस्तो नियमावली अझैपनि नपाउनु दुःखदायी कुरा भएको उनको टिप्पणी थियो । उनले संविधान संशोधन पूरा गरेरमात्रै निर्वाचनको तयारी थाल्नुपर्नेथियो भन्दै सरकारको ध्यानाकार्षण गराए । उनले भने,‘संविधान संशोधन भनेको नै चुनावको लागि हो, बिल अहिले हाउसमा छ, यता निर्वाचनको प्रक्रिया अघि बढाईएको छ।’

त्यस्तै उनले चुनावको लागि उम्मेद्धवारी दिन दलहरु तयार भैरहेको अवस्थामा अझैसम्मपनि स्थानीय तहको संख्या कति हुने हो भन्ने कुरा टुँगो नलाग्नुपनि उतिकै दुःखदायी भएको गुनासो पोखे । उनले भने,‘अझैसम्म पनि स्थानीय तहको संख्या कति हुने हो भन्ने कुराको टुँगो छैन, २१ वटा जिल्लामा मात्रै संख्या बढाउने कुरा राम्रो होईन, बढाउने हो भने यो देशभरि नै लागु हुनुपर्छ।’

त्यस्तै उनले सरकारले स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिएको विषयमा टिप्पणी गर्दै भने,‘यो सरकार कुहिरोमा हराएको कागजस्तै छ, आँफै निर्णय गर्छ अनि आँफै फिर्ता लिन्छ।’

अध्यक्ष यादवले निर्वाचनको तयारी तिव्र भैरहेको अवस्थामा तराई र पहाडमा जनताहरु भोटर्स रेजिष्ट्रेशनबाट बञ्चित भएको गुनासो पोखे । उनले भने,‘जनतालाई भोट हाल्ने यो अवसरबाट बञ्चित गराउनुहुँदैनथ्यो।’ उनले आफ्नो पार्टीले देशभरिका ७४४ वटै युनिटमा उम्मेद्धवारी दिने स्पष्ट पारे ।

उनले नवगठित राष्ट्रिय जनता पार्टी नेपाल र आफ्नो पार्टीवीच तराईमा सहकार्य हुने स्पष्ट पारे । उनले भने,‘हामीबीच चुनाव र संघर्ष दुवैमा सहकार्य हुन्छ, गर्न सकिन्छ, अरुसँगपनि तालमेल गर्न सकिन्छ।’ त्यस्तै उनले आयोगमा दर्ता भएको दलहरुलाई चुनाव चिन्ह दिएपनि निर्वाचनमा प्रयोग गर्न नदिनु गलत भएको टिप्पणी गरे ।

उनले भने,‘कि त दल दर्ता नै गर्न नदिनु ? दल दर्तां भएपछि चुनाव चिन्ह दिनुपर्छ ।’ यादवले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीलाई आफ्नो पार्टीको चुनाव चिन्ह मसाल दिने समझदारी भएको बताए ।
त्यस्तै उनले नवगठित राजपा नेपालले पनि चुनाव चिन्ह माँग आफूहरु दिन तयार रहेको बताए । उनले भने,‘उहाँहरुले माँग्नुभयो भने हामी दिन्छौं, तर नमागि कसरी दिने ?’

नयाँ शक्ति पार्टीसँगको एकता कहाँ पुग्यो भन्ने पत्रकारको एक प्रश्नको उत्तर दिँदै यादवले भने,‘विचार, सिद्धान्त मिल्यो भने पार्टी एकता हुन्छ, तर पार्टी एकता भनेको मकै, भटमास र गहुँ मिसाएजस्तो होईन नि ?विचार मिल्यो भने एकता हुन्छ।’

salt training

कमेन्ट गर्नुहोस्