
हिमानी ट्रष्ट काठमाडौँले धनगढी उपमहानगरपालिकालाई आज स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
ट्रष्टका सदस्य तेजबहादुर सिंह र तपराज जोशीले उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
ट्रष्टले एक सय पिपिई, दुई हजार ५०० सर्जिकल मास्क, दुई हजार ५०० थान ग्लोब्स, रु एक लाख बराबरको साबुन तथा रु एक लाख बराबरको पानी हस्तान्तरण गरेको बताइएको छ ।
नगरप्रमुख वडले ट्रष्टले आपत्कालिक अवस्थामा सहयोग गरिएको प्राप्त स्वास्थ्य सामग्री आवश्यकताका आधारमा प्रयोग गरिने बताए ।