०२ साउन २०८३, शनिबार

विद्युतीय सवारीसाधनमा लगाइएकाे कर पुनरावलोकन गर्न सांसद भुसालकाे माग

विद्युतीय सवारीसाधनमा लगाइएकाे कर पुनरावलोकन गर्न सांसद भुसालकाे माग

सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेत्री पम्फा भुसालले विद्युतीय सवारी साधन आयातमा लगाइएकाे भन्सार शुल्क पुनरावलोकन गर्न माग गरेकी छन्।

प्रतिनिधिसभामा  विनियोजन विधेयक २०७७ का  विभिन्न शीर्षकमाथि जारी छलफलमा भाग लिँदै सांसद भुसालले भनिनन्, ' विद्युतीय गाडी आयात र भन्सार शुल्कसम्बन्धी निर्णय राष्ट्रहितका पक्षमा छैन। पुनरावलोकन गर्नुपर्छ।

बजेटमा गरीबीको रेखामुनि रहेका केही प्रतिशत जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने कार्य सुधारोन्मुख रहे पनि अपर्याप्त  रहेको उनकाे भनाइ छ। भुसालले विकासको आधारभूत पूर्वाधार  विद्युत् भएकाले ऊर्जा  उत्पादनमा राज्यले लगानी गर्नुपर्ने बताइन्।  'सिंचाइँ र खानेपानीका लागि जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउनुपर्छ, पार्टीको चुनावी घोषणापत्र र समाजवादउन्मुख अर्थतन्त्रलाई अघि बढाउन कृषिमा आधारित उद्योग, पर्यटन र ऊर्जा क्षेत्रलाई प्राथमिकीकरण गरी लगानी गर्नुपर्छ,' उनले भनिन्।

salt training

कमेन्ट गर्नुहोस्