
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा स्याङ्जा जिल्लाका अध्यक्ष सूर्य प्रसाद गैरे 'पारस'ले विपद व्यवस्थापन केन्द्र स्याङ्जा लगायत अन्य निकायहरूलाई 'भाइरस ब्लकर' उपलब्ध गराएका छन् ।
गैरेले २ लाख ५० हजार बराबरको ४५ थान भाइरस ब्लकर उपलब्ध गराएका हुन् ।
उनले जिल्लाको सीसीएमसीको टीम, प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकारी र मुख्यमन्त्रीसमेतलाई भाइरस ब्लकर बाँडेका हुन् ।
जापानमा बनेको भाइरस ब्लकरले वरिपरी भाइरस आउन नदिने काम गर्छ । यसलाई आइडी कार्डजस्तो घाँटीमा झुण्ड्याउन मिल्छ ।
यद्यपि नेपालमा यसको प्रयोग अहिलेसम्म भएको थिएन ।
कोभिड १९को भाइरसबाट सुरक्षित रहन सहयोग हुने भएकाले आफूले जापानबाट ब्लकर मगाएर बाँडेको गैरेले लोकान्तरलाई बताए ।

