
सरकारी कार्यालय साेमबारदेखि दुई सिफ्टमा सञ्चालन हुने भएका छन्।
गत बुधबारकाे मन्त्रिपरिषद् बैठककाे निर्णय अनुसार सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु दुई सिफ्टमा सञ्चालन हुन लागेका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि पत्राचार गरेकाे छ। जसअनुसार सरकारी कार्यालय बिहान ८ बजेदेखि १ बजे र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन्।
कार्यालयमा भीडभाड नहुनेगरी काम सहज रुपमा सञ्चालन गर्नका लागि यस्तो व्यवस्था गरिएको जनाइएकाे छ। यद्यपी पठनपाठन नहुने भएपनि विद्यालय प्रशासन भने खुल्नेछ।