०२ साउन २०८३, शनिबार

गण्डकीको बजेट ३४ अर्ब ८४ करोड, लोककल्याणकारी विज्ञापन नीति अङ्गीकार गरिने

असार १, २०७७
गण्डकीको बजेट ३४ अर्ब ८४ करोड, लोककल्याणकारी विज्ञापन नीति अङ्गीकार गरिने

गण्डकी प्रदेश सरकारले आगामी आव २०७७/०७८ को लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रदेश सभामा सोमबार दिउँसो आर्थिक मामिलातथा योजनामन्त्री किरण गुरुङले सो बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ८४ करोड २६ लाख ८४ हजार तथापुँजीगतखर्चतर्फ १९ अर्ब ९९ करोड ९४ लाख७६ हजार विनियोजन गरिएको छ ।

अर्थमन्त्री गुरुङले वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरिएको पनि जनाए ।

कुल बजेटमा चालु खर्चतर्फ ४१ दशमलब २ प्रतिशत, पुँजीगततर्फ ५७ दशमलव ४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ दशमलव ४ प्रतिशत रहेको छ ।

गतवर्ष चालु आवको लागि ३२ अर्ब १३ करोड ४७लाखको बजेट ल्याइएकोमाआव २०७५/०७६ मा २४ अर्ब २ करोडको बजेट आएको थियो ।

आगामी आवको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, सशर्त अनुदान ४ अर्ब २० करोड ८४ लाख, समपूरक अनुदान १ अर्ब ४९ करोड ८९ लाख, विशेष अनुदान ५४ करोड, राजश्व बाँडफाँटबाट प्राप्तहुने ७ अर्ब ५७ करोड ३७लाख, रोयल्टी वापतप्राप्तहुने ३० करोड, आन्तरिक राजश्वबाट ४ अर्ब ६० करोड हजार बेहोर्दा ९ अर्ब शून्य हुनेछ ।

सो न्यूनपूर्ति गर्न चालु आवको असार मसान्तसम्म खर्च भइ बाँकी रहने अनुमानित नगद मौज्जाद ७ अर्ब उपयोग गरिने अर्थमन्त्रीले प्रस्तुत गरे ।

नगद मौज्दात उपयोग गर्दा पनि अपुग हुने खुद २ अर्ब मध्ये आन्तरिक ऋणबाट १ अर्ब र नेपाल सरकारसँगको ऋणबाट १ अर्ब बेहोरिने छ ।

सरकारले राजश्व नीतितर्फ प्रदेशको अधिकार क्षेत्रभित्रका करका आधारमा फराकिलो पार्दै आन्तरिक राजश्व वृद्धि गर्न कर र गैरकर राजश्वको अधिकतम परिचालन गर्ने नीतिलाई निरन्तरता दिएको छ ।

सरकारले कोरोनाभाइरस रोगको रोगथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थापनगर्न, संकटग्रस्त अर्थतन्त्रचलायमान र गतिशील बनाउन, उपलब्ध स्रोत र साधन अधिकतम उपयोग गर्न, सार्वजनिक खर्चमा पारदर्शिता, मितव्ययिता र उत्तरदायित्व पालना गराउन, आर्थिक अनुशासन तथा वित्तीय सुशासन कायम गर्न, भौतिक पूर्वाधारको निर्माण र विकास गर्न, संघीय शासन प्रणाली लाई मजबुद बनाउन, विकास, सुशासन र समृद्धि  हासिल गर्न संघीय इकाइ बीचमा बलियो सम्बन्ध स्थापित गर्नतर्फ आगामी आवको बजेटको उद्देश्य र प्राथमिकता रहेको बताएको छ ।

उद्देश्य प्राप्तिका लागि स्वास्थ्य संस्थाको सुदृढीकरण र जनशक्तिको विकास गर्ने, कोरोना महामारीका कारण स्वदेश र विदेशमा रोजगारी गुमाएका तथा बेरोजगारलाई रोजगारी दिलाउने, कोरोनाका कारण प्रभावित उद्योग व्यवसायको पुनर्जीवनका लागि सहयोगका विशेष कार्यक्रम संचालन गर्ने, स्थानीय स्रोत, साधन र जनशक्तिको उपयोग हुने उत्पादनशील, रोजगारीमूलक, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न योगदान दिने क्षेत्रमा लगानी केन्द्रित गर्ने, लक्षितवर्ग र समुदायको उत्थानका लागि सामाजिक सुरक्षा र सशक्तिकरणका कार्यक्रम ल्याउने, संघीय सरकार र स्थानीय तहसँगको साझेदारीमा भौतिक पूर्वाधार विकास निर्माणका आयोजनालाई विशेष जोड दिने जनाएको छ ।

चाँडो प्रतिफलदिने र आगामी आवभित्र सम्पन्न हुने अधुरा आयोजनाको कार्यान्वयन, सार्वजनिक सेवाप्रवाह गुणस्तरीय, पारदर्शी र सर्वसुलभ बनाई नागरिकको पहुँचमा अभिवृद्धि गर्ने प्रस्तुत बजेटमा उल्लेख छ ।

स्थानीय तहको खर्चको आवश्यकता, मानवविकास सूचकांकको अवस्था र राजश्व क्षमता समेतका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ १ अर्ब ५ करोड विनियोजन गरिएको छ ।

प्रदेश र स्थानीय बीचको साझेदारीका कार्यक्रमको लागि समपूरक अनुदानतर्फ ६२ करोड ७० लाख, सशर्त अनुदानतर्प २५ करोड ८० लाख, विशष अनुदान उपलब्ध गराउन १९ करोड ६० लाख विनियोजन गरिएको छ । चालु आवकै क्रमागत आयोजनाका लागि ४५ करोड छुट्टाइएको छ ।

सरकारले कोरोनाभाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारकालागि २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँको कोष बनाउने घोषणा गरेको छ । कोभिड १९ को मारमा परेकाहरुको रक्षाका लागि १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षाकोष पनि घोषणा गर्‍यो ।

सरकारले कोरोनाभाइरसविरुद्ध लड्न गुणस्तरीय क्वारेन्टाइन निर्माण र संचालन, संक्रमितको उपचारकालागिविशेष अस्पताल र आइसोलेसन कक्ष स्थापना र संचालन, सबै जिल्ला अस्पतालमा शैया थप गरी आईसीयु स्थापना, पीसीआर परीक्षण, औषधीउपकरण खरिद र कोष स्थापनामा ६० करोड ४० लाखविनियोजन गरिएको छ ।

क्षेत्रगत पुनरुत्थानका लागि व्यवसाय जीवनरक्षा कोष स्थापनामा १ अर्ब विनियोजन छ । कृषितर्फ कोभिड–१९ लक्षित कार्यक्रम संचालनका लागि १८ करोड र पर्यटनतर्फ २ करोड विनियोजन गरिएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई आगामी आवको लागि समेत निरन्तरता दिइएको छ भने लोककल्याणकारी विज्ञापन नीति गण्डकी प्रदेशमा सुरु हुने जनाइएको छ ।

शिक्षातर्फ गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम प्रतिष्ठानको पूर्वाधार विकास र संचालनगर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । गण्डकी विश्वविद्यालयअन्तर्गत सूचना प्रविधि विषय र शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययनकालागि ४२ करोड ७५ लाखविनियोजन गरिएको छ । शैक्षिकतालिम केन्द्रलाई ७ करोड ९५ लाख बजेट छुट्टाइएको छ ।

सामाजिक सुरक्षाकार्यक्रमलाई निरन्तरता दिँदै कोष स्थापनाको लागि ५ करोड, खेलकुदतर्फ ८ करोड ३५ लाखविनियोजन गरिएको छ । नवौं राष्ट्रिय खेलकुद पोखरामा हुने भएकोले खेलाडीको आवश्यक व्यवस्थापन र प्रशिक्षणमा साढे १ करोड विनियोजन गरिएको छ ।

भूमिव्यवस्था, कृषितथा सहकारी क्षेत्रको कार्यक्रमकार्यान्वयनकालागि ३ अर्ब १६ करोड विनियोजन गरिएको भने पर्यटन प्रवद्र्धन कार्यक्रममा २७ करोड ४५ लाख छुट्टाइएको छ ।

एक स्थानीयतह, एक उद्योग ग्राम स्थापना निरन्तरता दिन ५ करोड ६५ लाख, उद्योग र आपूर्ति व्यवस्थापन क्षेमा ११ करोड, कोरोनाकै कारण रोजगारी गुमाएकाहरुको लागि उद्यमशीलता विकास र स्वरोजगारी सिर्जनामा २ करोड ५ लाख विनियोजन गरिएको छ ।

जलाधार क्षेत्रको संरक्षण गर्दै, गल्छी तथापहिरो उपचार, कुवा र पानी मुहान संरक्षण, बाढी पहिरो नियन्त्रण, भूसंरणको लागि तारजाली खरिद तथावितरण र भूसंरक्षणमैत्री संरचनाको निर्माणमा २५ करोड १४ लाख छुट्टाइएको छ ।

हिमाली क्षेत्रमा कस्तुरी मृग संरक्षण र प्रजननकालागिफार्म चलाउननिजी क्षेत्रलाई प्रोत्साहित गर्दै साढे १ करोड विनियोजन गरिएको छ ।

विश्वविद्यालयका विद्यार्थीलाई अनुसन्धान वृत्तिकालागि २ करोड ८० लाखविनियोजन गरिएको छ ।

प्रदेशका गौरवका सडक, एक निर्वाचन क्षेत्र, एक सडक, रणनीतिक महत्वका सडक, स्थानीयतहको केन्द्र जोड्ने सडकलगायत सडक कार्यक्रमलाई निरन्तरता दिँदै सोको लागि ६ अर्ब १७ करोड विनियोजत छ ।

पोखरा महानगरसँगको साझेदारीमा पोखरा सभागृह मर्मत गर्न १ करोड, प्रदेशको मुख्यप्रशासनिक केन्द्र प्रदेश सभा र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको अत्याधुनिकभवन र प्रदेश सरकारका जिल्लास्थित कार्यालय निर्माणमा १६ करोड ५० लाख विनियोजित छ ।

राष्ट्रिय विद्युत प्रसारण लाइन नजोडिएका क्षेत्रमा सोको पहुँच विस्तारका लागि १८ करोड, स्वास्थ्य संस्था र अत्यावश्यकीय सरकारी कार्यालयमा सोलार जडान गरी २४ सै घण्टा विद्युत सेवादिन ३ करोड ६० लाख, एक घर एक धारा खानेपानी कार्यक्रमलाई २ अर्ब ३९ करोड १२ छुट्टाई सो कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

सूचना प्रविधिपार्क र संचारग्राम निर्माण गर्ने र आमसंचार माध्यमलाई स्वस्थ र व्यावसायिक बनाउन ६० लाख, प्रदेशका संचारगृहबाट लोककल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने कार्यक्रम सुरुवात गरिने भएको छ ।

विपत व्यवस्थापनमा १ करोड, विपत समयमा स्रोत साधन र प्रविधियुक्त विपतपूर्व तयारीकालागि १ करोड ४१ लाख बजेट व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्