२२ असार २०८३, सोमबार

कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्यांक सार्वजनिक भएन - प्रधानमन्त्री ओली

कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्यांक सार्वजनिक भएन - प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा काोरोनाका कारण २० जनाको मृत्यु भएको सार्वजनिक गरिएपनि त्यो संख्या वास्तविक नभएको जनाएका छन् ।

बिहीवार राष्ट्रिय सभामा सम्बोधन गर्दै उनले नेपालमा कोरोनाका कारण करिब ३ जनाको मात्रै मृत्यु भएको हुन सक्ने बताउँदै  सार्वजनिक तथ्यांक वास्तविक नभएको बताएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म नेपालमा कोरोनाबाट २० जनाको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक गरिसकेको छ । यद्यपी प्रधानमन्त्री ओलीले भने कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या नभएको बताएका हुन् ।  

‘कतिपयलाई यथार्थ भन्दा रुचिकर मान्नुभएको छैन । २० जनाको निधन भएको छ तर उनीहरूको कोरोनाकै कारण निधन भएको होइन । एकाध, दुई, तीन केस हुनसक्छ कोरोनाकै कारणले निधन भएको । उनीहरूको अन्य बिमारीको कारणले मृत्यु भएको हुनसक्छ तर कोरोनाले छोएको हुनसक्छ ।’ उनलेभने । 

कोरोना संक्रमण भएका व्यक्तिको जुनसुकै कारणले मृत्यु भएपनि कोरोनाकै कारण मान्ने विश्व स्वास्थ्य संगठनको मापदण्डका कारण मान्नुपरेको प्रधानमन्त्रीको भनाइ थियो । 
प्रधानमन्त्रीले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या न्यून रहेको बताए । उनले भने,'हाम्रो उपचार विधि र हाम्रो प्रतिरोध क्षमताको कारणले निधन हुनेको संख्या धेरै कम छ ।'

नेपालमा प्रति १० लाखमा ०.७ प्रतिशतको मात्रै मृत्यु भएको भन्दै प्रधानमन्त्रीले नेपाल कोरोना संक्रमण र मृत्युमा दक्षिण एसियामा भुटानभन्दा मात्रै पछि रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्