३१ असार २०८३, बुधबार

के भारत र चीनले आणविक युद्ध गर्लान् ?

असार ४, २०७७
के भारत र चीनले आणविक युद्ध गर्लान् ?

भारत र चीनबीच लद्दाखको गलवान उपत्यकामा हिंस्रक भिडन्त भएपछि आणविक युद्ध समेत हुन सक्ने सम्भावना औंल्याइएको छ । 

बेलायतको अक्सफोर्डमा रहेको क्राइसिस रिसर्च इन्स्टिच्युटका निर्देशक मार्क आल्मोन्डका अनुसार, पश्चिमाहरू अमेरिका र पूर्व सोभियत संघबीच आणविक युद्ध हुन सक्ने भनी अपेक्षा गर्दा अन्य ठाउँमा हुनसक्ने यस्तो युद्धलाई बेवास्ता गरेका थिए । 

उत्तर कोरियाले आणविक हतियारको धमास दिइरहने भएकाले संसारको ध्यान त्यतातिर आकर्षित भइरहेको हुन्छ । 

तर भारत र पाकिस्तान पनि आणविक शक्तिसम्पन्न मुलुक हुन् । उनीहरूबीचको युद्धमा पनि आणविक हतियार उपयोग हुने सम्भावना रहन्छ । 

त्यसभन्दा पनि खतरनाक स्थिति चाहिँ भारत र चीनबीचको शत्रुतामा आणविक शक्तिको उपयोगको सम्भावना हो । 

दुवै देशले हालैका वर्षमा आणविक हतियार तथा डेलिभरी सिस्टमहरू बनाएका छन् । तर यी दुईबीचको आणविक क्षमतामा असन्तुलन खतरनाक छ । 

भारतसँग १४० वटा वारहेडहरू छन् । अनि उससँग आणविक क्षमतायुक्त पनडुब्बी पनि छ जसमा १२ वटा क्षेप्यास्त्र बोक्न मिल्छ तर त्यो अहिलेसम्म हतियार सम्पन्न छैन । भारतको वारहेड चीनको भित्री भूभागसम्म पुग्न सक्ने अवस्थामा पनि छैन । 

अनि चीनलाई भारतका आणविक बेसहरू कहाँ छन् भन्ने थाहा छ । त्यसैले उसले आफूमाथि आक्रमण हुनुअघि नै भारतलाई आक्रमण गर्न सक्छ । अनि भारतका बम्बरहरू आकाश हुँदै पनि चिनियाँ एयर डिफेन्सहरूले तिनलाई भुइँमा खसालिदिन सक्छन् । 

चीनसँग भारतको भन्दा दोब्बर (३०० वटा जति) वारहेड छन् । चीनका वारहेडले शत्रुदेशका ठूला शहरलाई ध्वस्त पार्ने क्षमता राख्छन् जसले गर्दा शत्रु पहिल्यै तर्सिने चीनको विश्वास छ ।

अनि हतियार प्रक्षेपण गर्ने सवालमा चीनसँग व्यापक विकल्प छन् जसमा बम्बर र सबमरिन पनि पर्छन् । उससँग लगभग ७५ वटा अन्तर्महादेशीय क्षेप्यास्त्रहरू छन् अनि सोलिड–फ्युल मोबाइल रकेट समेत छन् । 

गत अप्रिल महिनामा यी हतियारहरू इन्नर मंगोलियामा तैनाथ अवस्थामा रहेको तस्वीरहरू सार्वजनिक गरिएका थिए । अमेरिका र भारतलाई कस्तो हतियारको सामना गर्नुपर्ने हो भनी थाहा दिनका लागि चीनले जानाजान ती हतियारको तस्वीर सार्वजनिक गरेको थियो । पछि ती हतियारलाई अज्ञात स्थानतर्फ लगियो । 

त्यसैले भारतभरि आक्रमण गर्न सक्ने क्षमता चीनसँग छ र भारतसँग प्रभावकारी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली छैन । अनि चीनको मित्र पाकिस्तानसँग पनि आणविक हतियार छ ।

salt training

कमेन्ट गर्नुहोस्