
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि प्रतिष्ठानका सबै सेवा बन्द गरिएको छ।
शुक्रबार गरिएको स्वाब परीक्षणमा प्रतिष्ठानमा कार्यरत दुई महिला र दुई पुरुष गरी चार स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको सबै सेवा बन्द गरिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठानका अस्पताल निर्देशक, नर्सिङ इन्चार्ज, इमर्जेन्सी वार्डमा कार्यरत एक स्वास्थ्यकर्मी र आइसोलेसन वार्ड इन्चार्जसहित चार जनामा कोरोना पोजेटिभ देखिएको हो।
२४ र २५ बर्षिय महिला र ३९ र ४२ बर्षिय पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ। आइतबारसम्म अस्पतालले दिने सबै प्रकारका सेवा बन्द गरिएको हो। स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि स्वास्थ्यकर्मीसँग सम्पर्कमा आएकाहरुको पहिचान गर्न थालिएको छ ।