×

NMB BANK
NIC ASIA

वीरेन्द्रनगर नगरपालिकाको सातौं नगरसभामा कार्यवाहक नगरप्रमुख मोहनमाया ढकालले महत्वाकांक्षी बजेट प्रस्तुत गरेकी छिन् ।

Muktinath Bank

आगामी आर्थिक वर्ष २०७७/०७८ मा कुल जम्मा एक अर्ब ४२ करोड ९९ लाख ९१ हजार ८२३ रुपैंया बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नब्बे करोड चालिस लाख चौध हजार चार सय रुपैंया चालुतर्फ र एकाउन्न करोड सत्सट्ठी लाख अन्ठानब्बे हजार चार सय तेइस पुंजीगततर्फ र वित्तीय व्यवस्थातर्फ बयासी लाख असी हजार विनियोजन भएको छ ।


Advertisment
Nabil box
Kumari

उनले हरेक वडामा एक करोड बजेट पठाउने देखि जेहेन्दार छोरीलाई छात्रवृत्ति कार्यक्रम ल्याएको बताईन । बजेट बक्तव्यको बुँदा नम्बर एक सय ७४ मा हरेक वडाका जेहेन्दार छात्राहरु मध्ये १६ जनालाई कानून विषयमा उच्च शिक्षा अध्ययन गर्नका लागि छोरी छात्रवृत्ति कार्यक्रम संचालन गर्न विश्व विद्यालयसँग सहकार्य गर्ने उनले उल्लेख गरेकी छिन् ।

Vianet communication
Laxmi Bank

यसको मतलब अहिले स्थानीय तहमा कानून निर्माणमा महिलाको सहभागिता कम भएको बताउँदै नगरपालिकाले उक्त कार्यक्रम समेटेको हो ।

छात्रालाई कानून पढाउँदा नगरपालिकाले महिला अधिकार समाजमा स्थापित गर्न, राज्यलाई सहि ढंगले चलाउन सक्ने अपेक्षा नगरको रहेको उनको भनाई छ । ‘हरेक वर्षको बैशाख २५ गते नगरपालिकाको स्थपना दिवसका अवसरमा सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।

सञ्चारकर्मीहरुको उत्प्रेरणा वृद्धि गर्न नगरपालिकाले आफ्नो नगर क्षेत्रमा क्रियाशील संचारकर्मीहरु मध्ये महिला र पुरुष गरी उत्कृष्ट दुइ जना पत्रकारलाई नगर विकास पत्रकारिता पदक तथा जनही रु पचास हजार नगद पुरस्कारबाट सम्मान गरिनेछ ।’ कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालले भनिन, ‘कोरोनासँग सामना गर्नु पनि चुनौती रहेको छ ।

यसकालागि हामीले पाँच करोड रुपैंया विनियोजन गरेका छौं ।’ नगरपालिकाले प्रत्येक वडाहरुमा सशुल्क सरसफाईको नीति लिइ प्रत्येक टोलमा कम्तीमा हप्ताको एक पटक अनिवार्य फोहोर संकलन गर्ने साधन पुग्ने प्रवन्ध गरिने भएको छ भने फोहोर गर्नेलाई दण्ड र जरीवाना एवम व्यवस्थापनमा उल्लेख्य योगदान गर्नेलाई सम्मान गरिने प्रमुख ढकालले बताईन ।

‘मुख्य बजार सडकलाई व्यवस्थित र सुन्दर फुटपाथसहितको सडक निर्माण गर्ने गरी निर्माण प्रक्रिया कार्यलाई निरन्तरता दिईनेछ साथै मुख्य बजारका विधुतको पोललाई विस्थापन गरी जमिनमुनि तारको व्यवस्थापन गर्न प्रदेश र संघीय सरकारसँग सहकार्य गरि काम अगाडी बढाईनेछ,’ उनले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x