२२ असार २०८३, सोमबार

भारतले रोक्यो नेपाल आउने भुइँकटहर

असार १२, २०७७
भारतले रोक्यो नेपाल आउने भुइँकटहर

नेपालसँग सीमाविवाद गरिरहेको भारतले यस वर्ष भुइँकटहर नेपाल नपठाउने भएको छ । पश्चिम बंगालको उत्तरी भागका भुइँकटहर उत्पादकले निर्यात नगर्ने निर्णय लिएको बीबीसी हिन्दीमा खबर छ । 

बंगालमा भुइँकटहरको कुल उत्पादनको ८० प्रतिशत त्यसै क्षेत्रमा हुने गरेको छ । प्रत्येक वर्ष त्यहाँबाट नेपालतर्फ भुइँकटहर आयात हुने गरेको छ । 

लामो समय लकडाउन भएकाले भुइँकटहर उत्पादकहरूले भारी नोक्सानी सहनुपरेको छ । 

फेरि यही वर्ष भुइँकटहर व्यापक उत्पादन भएको छ । तर उत्पादक र व्यापारीहरूले भुइँकटहर आधा मूल्यमा बिकोस् वा खेतैमा सडोस्, नेपाल नपठाउने भनेका छन् । 

नेपालसँग सीमाविवाद बढ्दा पश्चिम बंगालका सीमावर्ती क्षेत्रमा बस्ने नेपालीहरू अलमलमा परेका छन् । 

विवाद बढ्दा कतै स्थानीयहरूले आफूहरूमाथि आक्रमण गर्ने हुन् कि भन्ने डर उनीहरूलाई छ । दार्जिलिङको सिलिगुडी जस्ता शहर र अन्य क्षेत्रमा नेपाली मूलका मानिसको संख्या ठूलो छ । त्यहाँ उनीहरू जागिर बाहेक व्यवसाय पनि गर्ने गर्छन् । 

नेपालले चीनको आड पाएर भारतसँग निहुँ खोजिरहेको उनीहरूको आरोप छ । नेपालले पछि गएर कुरा बुझ्ने किनकि भारत नभई नेपालको काम नचल्ने उनीहरूको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्