२४ जेठ २०८३, आइतबार

फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

फरार प्रतिवादी २२ वर्षपछि पक्राउ
प्रतिकार्यात्मक तस्वीर।

सवारी ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई फरार  एक प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बस्ने लक्ष्मण श्रेष्ठ  छन् ।

श्रेष्ठलाई उनकै घरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। एक वर्ष कैद भुक्तान गर्न बाँकी रहेकाले उनलाई जिल्ला अदालत तनहुँमा पेश गरिएकामा अदालतले जिल्ला कारागार कार्यालय पठाएको छ।

उनलाई सवारी ज्यान मुद्दामा विसं २०५५ असार १४ गते चितवन जिल्ला अदालतले एक वर्ष कैदको सजाय तोकेको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्