०३ साउन २०८३, आइतबार

ओलीलाई कुर्दै नेकपा स्थायी कमिटी, बैठकमा आउन आधा घण्टाको समय !

ओलीलाई कुर्दै नेकपा स्थायी कमिटी, बैठकमा आउन आधा घण्टाको समय !

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न केही दिनदेखि जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको छैटौं दिनको बैठक औपचारिक रूपमा अझै शुरू हुन सकेको छैन । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी बैठक शुरू भएको ट्वीट गरेपनि नेताहरू प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुरेर बसिरहेका छन् ।

ओलीलाई बैठकमा आउनका लागि आधा घण्टाको समय दिइएको र ओली अहिलेसम्म नआएको स्थायी कमिटीका एक सदस्यले लोकान्तरलाई जानकारी दिए ।

यसबीचमा मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री ओलीले संघीय संसद्को बजेट अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गराइसकेका छन् ।

संसद्मा शोक प्रस्ताव पारित गर्न नेताहरू त्यसतर्फ जानुपर्ने भएकाले स्थायी कमिटीको बुधवारको बैठक एकघण्टा मात्र बसेको थियो ।

छलफलका लागि ७ एजेण्डा तय गरेको नेकपा स्थायी कमिटीको बैठक असार १० गतेदेखि जारी छ । 

salt training

कमेन्ट गर्नुहोस्