२१ असार २०८३, आइतबार

प्रधानन्यायाधीश कार्कीका सबै सुविधा खोसिँदै, सुरक्षाकर्मी र कर्मचारी आजै फिर्ता बोलाइँदै

कात्तिक २०, २०७४
प्रधानन्यायाधीश कार्कीका सबै सुविधा खोसिँदै, सुरक्षाकर्मी र कर्मचारी आजै फिर्ता बोलाइँदै
काठमाडौं, १७ वैशाख – प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै सरकारले उनको सुरक्षामा खटिएका सुरक्षाकर्मी र कर्मचारी टोली फिर्ता गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री कार्यालयले गृहमन्त्रालयमार्फत सर्वोच्च प्रशासनलाई निर्देशन दिँदै कार्कीको सुरक्षामा खटिएका सुरक्षाकर्मी र कर्मचारी टोली फिर्ता बोलाउने तयारी गरेको हो ।

‘प्रधानन्यायाधीश कार्कीको सुरक्षामा खटिएका सुरक्षाकर्मी र न्याय सेवाका तर्फबाट प्रधानन्यायाधीशको निवासमा खटिएका कर्मचारी टोली फिर्ता गर्ने निर्णय भएको छ,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘उनको सुरक्षामा खटिएका सुरक्षाकर्मी आजै फिर्ता हुनेछन् ।’

उच्च सरकारी स्रोतका अनुसार कार्कीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई आज साँझसम्म फिर्ता हुन भनिएको छ । कार्की आजैबाट सुरक्षाविहीन हुनेछिन् । त्यस्तै प्रधानन्यायाधीशको निवासमा खटिएका कानूनसेवाका अधिकृतलाई पनि त्यहाँबाट फिर्ता गर्न निर्देशन दिइएको छ ।

‘कार्कीले सुरक्षाकर्मी वा सरकारी अधिकृत कुनै पनि सुविधा पाउने छैनन्,’ स्रोतले भन्यो, ‘उनी निलम्बित भइसकेकाले सबै सरकारी सुविधाबाट वञ्चित गर्ने निर्णय गरिएको हो ।’

तस्वीर : lumbinidevtrust.gov.np

salt training

कमेन्ट गर्नुहोस्