
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले २ महिना कैद र ५० लाख रुपैयाँ जरिवाना फैसला गरेको फरार अभियुक्तलाई प्रहरीले मंगलवार पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सूर्यविनायक नगरपालिका–५ बासुटोल बस्ने ४२ वर्षीय भूपेन्द्र गोराजुलाई पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
भक्तपुरका कृष्णगोपाल राजलवटको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी भूपेन्द्र गोराजु भएको बैंकिङ कसुरमा अदालतले विक्रम संवत् २०७५ चैत २४ गते गरेको फैसला कार्यान्वयन नगरी फरार रहेका थिए ।
पक्राउ परेका गोराजुलाई भक्तपुर जिल्ला अदालत भक्तपुरमा पेश गरी फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा काठमाडौं पठाउने आदेश भएअनुसार कारागार पठाएको उनले जानकारी दिए ।