नेपालमा फेरि भित्रियो सलह, दाङमा थाल ठटाउँदै किसान खेतबारीमा

नेपालमा सलहको झुण्ड पुनः प्रवेश गरेको छ । दाङको राप्ती गाउँपालिकामा सलहको झुण्ड देखिएको गाउँपालिकाकी उपाध्यक्ष जगदम्वा चौधरीले पुष्टि गरेकी हुन् । 

आइतवार दिउँसो सलहको ठूलो हुल  गाउँपालिका प्रवेश गरेको उनले लोकान्तरसँग बताइन् ।


Advertisement

‘लालमटिया लगायत गाउँपालिकाको वार्ड नम्बर १, २ र ३ मा ठूलो संख्यामा सलह भित्रिएको छ, सर्वसाधारणहरू थाल ठटाएर सलहलाई भगाइरहेका छन्,’ चौधरीले लोकान्तरसँग भनिन् । 

कृषि मन्त्रालय अन्तर्गतको सलह सूचना केन्द्रले आइतवार नेपालमा सलहको हुल भित्रने अनुमान गरेको थियो । २ साता अघि पनि सलहका साना हुल नेपाल भित्रिएर खेतीबालीमा क्षती पुर्‍याएका थिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्