२९ असार २०८३, सोमबार

प्रधानमन्त्रीको सचिवालयले भन्यो– 'कपोलकल्पित समाचार प्रकाशित गरी चरित्र हत्या गर्न खोजियो'

प्रधानमन्त्रीको सचिवालयले भन्यो– 'कपोलकल्पित समाचार प्रकाशित गरी चरित्र हत्या गर्न खोजियो'

स्वीस बैंकमा प्रधानमन्त्री केपी शर्मा ओलीका नाममा ५.५ मिलियन डलर (६० करोडभन्दा बढी) रहेको भन्ने आरोपसहित प्रकाशित समाचारहरूको प्रधानमन्त्री कार्यालयले खण्डन गरेको छ ।

प्रधानमन्त्रीका पेस सल्लाहकार सूर्य थापाले प्रेस नोट जारी गर्दै बदनियतका साथ भ्रामक समाचार प्रकाशन गरिएको भन्दै खण्डन गरेका छन् ।

'ग्लाेबल वाच एनालाइसिस'काे हवाला दिँदै केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेकाे अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठाे सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएकाे छ । स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेकाे वा यस्तै व्यहाेराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपाेलकल्पित रहेकाे स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय सञ्चारमाध्यमहरूकाे रवैया खेदजनक छ,' थापाद्वारा जारी प्रेस नोटमा भनिएको छ ।

हेर्नुहोस्, प्रेस नोट :

"ग्लाेबल वाच एनालाइसिस'काे हवाला दिँदै केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेकाे अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठाे सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएकाे छ । स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेकाे वा यस्तै व्यहाेराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपाेलकल्पित रहेकाे स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय सञ्चारमाध्यमहरूकाे रवैया खेदजनक छ ।

राष्ट्रिय हितकाे रक्षा, सीमा अतिक्रमणविरूद्ध नयाँ नक्सा प्रकाशनकाे साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशाेधनजस्ताे महत्त्वपूर्ण निर्णयमा सिंगाे राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रकाे नेतृत्व सम्हालिरहनुभएकाे निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियाेजित षड्यन्त्र गर्ने अनेकन् तत्व सक्रिय रहेकाे प्रस्ट नै छ ।

आमनेपालीहरूलाई म यस्ता कुनैपनि दुष्प्रचारकाे भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताकाे न्यूनतम जवाफदेहिता, जिम्मेवारीबाेध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरीत कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारवाही गर्न माग समेत गर्दछु ।

सूर्य थापा,
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
३१ असार २०७७

salt training

कमेन्ट गर्नुहोस्