×

NMB BANK
NIC ASIA

प्रसूति अस्पतालमा नियमित सेवा, पीसीआर प्रयोगशाला पनि

साउन १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले बिहीबारदेखि आफ्नो नियमित सेवा सञ्चालन गरेको छ। 

Muktinath Bank

कोभिड–१९ का कारण अत्यावश्यक बाहेक सेवा बन्द गरेको अस्पतालले सबै सेवा सुचारु गरेको अस्पतालका निर्देशक डा सङ्गीता कौशल मिश्राले जानकारी दिइन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कोभिड–१९ का कारणले हामीले सबै सेवा दिन सकेका थिएनौँ,’ उनले भनिन्, ‘‘तर अब सेवा रोक्नुपर्ने आवश्यकता नभएकाले पहिल्यै जस्तै बिरामीलाई सबै सेवा दिन थालेका छौँ।’


Advertisment
Nabil box
Kumari

कोभिड–१९ को कारणले बन्द भएको बहिरङ सेवा पनि केही पहिले शुरु गरेको अस्पतालले अब भने निःसन्तान, परिवार नियोजन, कृत्रिम गर्भाधान र तालीम सेवा शुरु गरेको छ। अस्पतालले कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै ती सेवा दिन थालिएको हो। 

Vianet communication
Laxmi Bank

लकडाउनका बीचमा प्रसूति, गर्भपतन र आकस्मिक सेवा सुचारु भएका थिए। अस्पतालमा महिला विभिन्न रोगसम्बन्धी उपचार गरिन्छ। अस्पतालका निर्देशक डा मिश्राले दूरबीनबाट गरिने शल्यक्रियासमेत अब चाँडै शुरु गरिने बताइन्। कोभिड–१९ को सङ्क्रमणका कारण हुने डरले दूरबीनबाट गरिने शल्यक्रिया लकडाउनसँगै रोकिएको थियो। 

नियमित सेवा सुचारु भएदेखि आजदेखि अस्पतालमा बिरामीको सङ्ख्यामा समेत वृद्धि भएको छ। पहिले दैनिक ८०० सम्म बिरामी नियमित सेवा लिने गरेकोमा अहिले दैनिक ५०० पुगेका छन्। यसैगरी लकडाउनका बीचमा अस्पतालले नियमित सुत्केरी गराइरहेको छ।

सुत्केरी हुने आउने बिरामीको अवस्था हेरेर अस्पतालले सुत्केरी गराइरहेको छ। अस्पतालले फागुनमा एक हजार ५७ सामान्य र ६८९ शल्यक्रिया गरेर सुत्केरी गराइएका छन् । यस्तै चैतमा ८५३ सामान्य र ६२७ शल्यक्रिया, वैशाखमा ७७४ सामान्य र ६१४ शल्यक्रिया, जेठ ८२३ सामान्य र ५९९ शल्यक्रिया तथा असारमा ८७३ सामान्य र ६२७ शल्यक्रिया गरेर सुत्केरी गराइएका छन् । 

यस्तै लकडाउनका बेला दैनिक ५० देखि ५५ जना भर्ना हुने गरेका थिए । लकडाउनका बेला २५ जना कोभिड–१९ का शङ्कास्पद बिरामीको अस्पतालले उपचार गरेको थियो । तीमध्ये १८ जना सुत्केरी र ६ जना नियमित स्वास्थ्य परीक्षण गराएर घर फर्किका थिए ।

यस्तै एक जना महिलालाई कोभिड-१९ को सङ्क्रमण देखिए पनि अस्पतालमा राखेर उपचार गरिएको अस्पतालका निर्देशक डा मिश्राले बताइन्। लकडाउनका बेला भर्ना भएका बिरामीलाई छुट्टै कोठामा राखी पीसीआर परीक्षण गराएर मात्र उपचार गर्ने गरिएको उनले बताइन्। 

यस्तै अस्पतालले फागुनमा ११३ जना, चैतमा ७०, वैशाखमा ७० र जेठमा ५८ जनाले गर्भपतन गराएको छ। लकडाउनका बेला सिफ्टमा काम गरेका कर्मचारी अहिले नियमित तालिकामा आउने गरेका छन्। अस्पतालमा अहिले ६५० स्वास्थ्यकर्मीसहित कर्मचारी रहेका छन्। 

पीसीआर प्रयोगशाला स्थापना
अस्पतालले कोभिड–१९ को पीसीआर विधिबाट परीक्षण गर्नका लागि प्रयोगशाला स्थापनाको तयारी गरेको छ। 

अस्पतालका निर्देशक डा मिश्राले आफ्नै आन्तरिक स्रोत र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा पीसीआर मेशिन किन्न थालेको बताइन्।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x