११ साउन २०८३, सोमबार

एकको शव फेला, दुई अझै बेपत्ता

साउन २, २०७७
एकको शव फेला, दुई अझै बेपत्ता
फाइल फोटो।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा बिहानीपखको पहिरोमा परी बेपत्ता रहेका तीन जनामध्ये एकको शुक्रबार शव फेला परेको छ। 

अविरल वर्षापछि खकुण्डोलमाथिबाट आएको पहिरामा परी एकै परिवारका पाँच जना बेपत्ता भएका थिए। शुक्रबार दिउँसो १४ वर्षीया छिरिङवाङ्गु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

पहिरोले फुल्पिङकट्टीकै दुई घर बगाउँदा बेपत्ता ३५ वर्षीया साङमु शेर्पा र १६ वर्षीयाकी याङ्जी शेर्पाको शव बिहीबार भेटिएको थियो।

 ७५ वर्षीया सुमबुट्टी शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा भने अझै बेपत्ता छन्। स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खोजी तथा उद्धार कार्य जारी छ। 

salt training

कमेन्ट गर्नुहोस्