
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ युवाको ज्यान गएको छ ।
शनिवार अपराह्न मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैसेको खोप्लाङ भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा हेटौंडा उपमहानगरपालिका–१ का २५ वर्षीय युवा दिपेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिवार भैसे पुगेर हेटौंडा फर्कने क्रममा मृतक पाण्डे सवार ना६२प ९७१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।