२८ जेठ २०८३, बिहीबार

बौद्धको 'हिट एन्ड रन' प्रकरण : मृतकको पहिचान २० दिनपछि खुल्यो

बौद्धको 'हिट एन्ड रन' प्रकरण : मृतकको पहिचान २० दिनपछि खुल्यो

सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुनेको बीस दिनपछि पहिचान खुलेको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका– ९ का ६० वर्षीय हर्कजित लामा रहेका छन् ।

असार २१ गते बेलुका बौद्धमा गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका लामाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको थियो ।

महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भने, “ट्रमा सेन्टरमा २० दिनसम्म बेवारिसे अवस्थामा रहेको लामाको शवलाई उहाँकी श्रीमतीले प्रहरीको सम्पर्कमा आएर आज पहिचान गरेको छ ।”

दुई महिनाअघि ज्याला मजदूरी गर्छु भनेर लामा काठमाडौं हिँडेको परिवारले बताएको छ ।    

ठक्कर दिएर भागेको चालक र गाडीलाई महानगरीय प्रहरी वृत्त बौद्धले चार दिनपछि नियन्त्रणमा लिएको थियो ।

गाडी चालक १७ वर्षीय राजकुमार पुलामी मगर रहेको प्रहरीले जनाएको छ ।

गाडी चालकमाथि सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्