३० असार २०८३, मंगलबार

चार महानगरमा यस्ता छन् कांग्रेसबाट मेयरका उम्मेदवार

कात्तिक २०, २०७४
चार महानगरमा यस्ता छन् कांग्रेसबाट मेयरका उम्मेदवार

काठमाडौं, १९ वैशाख– आसन्न स्थानीय तह निर्वाचनको पहिलो चरण (३१ वैशाख)का लागि नेपाली कांग्रेसले देशका चार महानगरपालिका लागि उम्मेदवार छनौटको काम टुंग्याएको छ ।

कांग्रेसले काठमाडौं महानगरपालिकामा राजुराज जोशीलाई मेयरमा उठाउने निर्णय गरेको छ भने उपमेयरमा हरिप्रभा खड्गीलाई अगाडि सारेको छ । मेयरका उम्मेदवार जोशी उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाइ हुन् ।

यस्तै ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन र उपमेयरमा गीता सत्याललाई अगाडि सारिएको छ ।

नेपाली कांग्रेसले क्षेत्रफलका हिसावले देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा रामजी कुँवर र उपमयेर पदमा पत्रकार सरस्वती गुरुङलाई उठाउने निर्णय गरेको छ ।

यस्तै भरतपुर महानगरको मेयर दपमा दिनेश कोइराला र उपमेयर पदमा पारवती शाहको नाम टुंगो लगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्