२१ असार २०८३, आइतबार

महाकाली नदीमा जल सतह बढ्यो, कञ्चनपुरमा सतर्क रहन चेतावनी

साउन १४, २०७७
महाकाली नदीमा जल सतह बढ्यो, कञ्चनपुरमा सतर्क रहन चेतावनी
प्रतिकात्मक तस्वीर

अविरल वर्षासँगै महाकाली नदीमा जल सतह बढेकाले कञ्चनपुरमा बाढीको खतरा अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको डडेल्धुरास्थित परीगाउँमा जल सतह सतर्कता तह पार गरेकाले कञ्चनपुरमा बाढीको खतरा रहेको जनाएको छ ।

नदीमा ५.८० मिटरमा सतर्कता अपनाउनुपर्ने भए पनि जल सतह ६.०१ मिटर पुगेको जनाइएको छ । जल सतह ७ मिटर पुग्दा खतरा मानिन्छ ।

विभागले डडेल्धुरा र कञ्चनपुरका नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन चेतावनी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्