१० साउन २०८३, आइतबार

पूर्वजनमुक्ति सेना 'जमिन' को उपचारका लागि सभामुख सापकोटाको पहल

पूर्वजनमुक्ति सेना 'जमिन' को उपचारका लागि सभामुख सापकोटाको पहल

सभामुख अग्निप्रसाद सापकोटाले पूर्वजनमुक्ति सेनाका कम्पनी कमाण्डर नैनबहादुर तामाङ 'जमिन' काे उपचारका लागि पहल गर्ने बताएका छन्।

बुधबार भएको भेटमा सभामुख सापकोटाले तामाङको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै थप उपचारका लागि आफ्नो तर्फबाट पहल गर्ने बताएका हुन्। जनयुद्धका घाइते तामाङ लामो समयदेखि क्यान्सरको उपचार गराइरहेका छन्र।

सभामुख सापकोटाले पूर्व जनमुक्ति सेना तामाङको उपचारका लागि व्यक्तिगत रुपमा आर्थिक सहयोग समेत गरेकाे उनका प्रेस सल्लाहकार श्रीधर न्याैपानेले जानकारी दिए।

जमिन सिन्धुपाल्चोकककाे सुनकोशी गाउँपालिका-५ का बासिन्दा हुन्।

salt training

कमेन्ट गर्नुहोस्