
सरकारले मास्क प्रयोग नगर्ने २ लाख मानिसलाई कारबाही गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाले मास्क प्रयोग नगरी हिड्ने २ लाख मानिसलाई कारबाही गरेको बताएका हुन् ।
नियमित प्रेस ब्रिफिङका क्रममा उनले भने, 'मास्क प्रयोग नगर्ने २ लाख जनालाई कारबाही गरिएको छ ।'
यस्तै सरकारले सडकमा हिँड्ने १६ हजार मानिसलाई मास्क वितरण गरेको उनले बताएका छन् ।