अयोध्यामा राम मन्दिरका लागि भूमिपूजन शुरू

अयोध्यामा राम मन्दिरका लागि भूमिपूजन शुरू भएको छ । 
 

भूमिपूजन अनुष्ठानमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, आरएसएसका प्रमुख मोहन भागवत, उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ र पुजारी छन् । 


Advertisement

शुभ मुहूर्तमा भूमिपूजन आरम्भ गरिएको हो ।

अनुष्ठानमा बस्नुअघि मोदी, भागवत र योगीले राम जन्मभूमि पूजन गरेका थिए । 


Advertisement

भूमि पूजनस्थलमा मन्त्रोच्चारण भइरहेको छ । 

त्यसअघि मोदीले रामलला विराजमान अर्थात् श्रीरामको मूर्तिसामु दण्डवत प्रणाम गरेका थिए । 

श्रीरामको दर्शन गर्नुअघि उनले राम जन्मभूमि प्रांगणमा पारिजातको बिरुवा रोपेका थिए । 

घडामा पानी भरेर माटोमुनि पारिजातको जरानजिक राखिनेछ । 

त्यसअघि उनले हनुमानगढीमा पुगेर हनुमानको पूजन गरेका थिए । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्