२१ असार २०८३, आइतबार

बाह्रबिसे नगरपालिका मेयर उम्मेदवार बस्नेतको दाबीः पाँच वर्षमा दशकै उत्कृष्ट बनाउँछु

कात्तिक २०, २०७४
बाह्रबिसे नगरपालिका मेयर उम्मेदवार बस्नेतको दाबीः पाँच वर्षमा दशकै उत्कृष्ट बनाउँछु

काठमाडौं, २० वैशाख– वैशाख ३१ गतेको स्थानीय तहको चुनावका लागि दलहरुले हिजो उम्मेदवारी दर्ता गरेका छन् । पहिलो चरण अन्तगत निर्वाचन हुने महानगर, नगरपालिका, गाउँपालिकाहरुमा उम्मेदवारी दर्ता गर्नेको उल्लेख्य सहभागीता भएको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच सिन्धुपाल्चेक जिल्लाको बाह्रबिसे नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट बालकृष्ण बस्नेत मेयरका उम्मेदवार बनेका छन् ।

उम्मेदवारी दर्ता गरेसँगै बस्नेतले आफू निर्वाचित भएको खण्डमा बाह्रविसे नगरपालिकामा जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने खालको काम गर्ने बताएका छन् ।

उनले ५ वर्षमा देशकै उत्कृष्ठ नगरपालिका बनाउने दावी गरे । उनले भोटेकोसीको जोखिमलाई न्यूनीकरण गरि बजार र गाउँको बिकास प्राथमिकतामा पर्ने बताए ।

ग्रामिण सडकलाई पक्की गर्ने, गाउँ गाउँमा सामुदायिक भवन , स्विमिङ पुल , धारो , स्वास्थ्य केन्द्र निर्माणकार्य तीव्रताका साथ गर्नका लागि आफ्नो उम्मेदवारी भएको उनले बताए ।

उनले ५ बर्षमा स्थानीय जनतासंग मिलेर सिंहदरबारको अधिकार गाउँमा स्थापित गर्ने , भूकम्पले भत्किएको घर तथा संरचना बनाउन जनतासंग हातेमालो गर्ने, भूकम्पपीडित को लिस्टमा छुटेका ३०. ५ जनताको अधिकार सुनिश्चित गर्ने , भोटेकोसी नदीबाट बजारको बस्तीमा पर्नसक्ने जोखिमलाई शुन्य पार्ने , पहिरो नियन्त्रणमा बैज्ञानिक प्राविधिक उपाय अबलम्ब्न गर्ने , स्थानीय स्तरमा बिकास र रोजगारको अवस्था सृजना गरि बिदेशीएका युवाहरूलाई गाउँमा फर्काउने , पर्यटन र ब्यबसायलाई उर्बर बनाउनआफ्नो योजना रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्