
काठमाडौं, बैशाख २०– प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएपछि आक्रोशित बन्दै सरकारबाट राजीनामा दिने निर्णय गरेको राप्रपाले प्रधानमन्त्रीलाई राजीनामा बुझाउन भने आनाकानी गरेको छ । पुन: सरकारमा सहभागि हुन बार्गेनिङ गर्ने उद्देश्यले विभिन्न बहाना बनाउदै सो पार्टीका अध्यक्ष कमल थापाले राजीनामा पत्र बुझाउन ढिला गरेका हुन् ।
राप्रपाले प्रधानमन्त्री प्रचण्डले पत्र बुझाउन समय नदिएकाले बुझाउन ढिला भएको बताएपनि प्रधानमन्त्रीको सचिवालयले समय समयनै माग नभएको बताएको छ । बरु आज बिहानचाहिँ दीपक बोहराले फोन गरेर साँझ भेट्न चाहेको भन्दै प्रचण्डलाई फोन गरेका थिए । बोहराको फोनपछि प्रचण्डले ‘आउनुस् न’ भन्दै जवाफ दिएका छन् । प्रधानमन्त्रीका स्वकिय सचिव प्रकाश दाहालले हिजो पत्र बुझाउन कुनै समय माग नभएको भएपनि आज भने दीपक बोहराले फोन गरेको बताए ।
राप्रपाले सोमबार नै सरकारबाट बाहिरिने निर्णय गर्दै तत्काल प्रमलाई प्रधानमन्त्रीलाई पत्र बुझाउन निर्णय गरेको थियो ।
यद्यपी राप्रपाले संशोधन प्रस्तावमा भने सघाउने बताएको छ । सरकारमा राप्रपा संशोधनमा सघाउने भन्दै सरकारमा सहभागि भएको थियो र सुशीलाको कारण देखाउँदै बाहिरिनुले प्रश्न जन्माएको छ ।
यसैबीच राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेसँगै मन्त्रीहरु भने मन्त्रालय जान छाडिसकेका छन् ।