काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयबाट हुने अत्यावश्यक बाहेकका अन्य कामहरू बन्द हुने भएका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रवार बसेको बैठकले उपत्यकामा रहेका ३ वटा जिल्ला प्रशासन कार्यालयहरूमा अत्यवश्यक सेवाहरू बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको हो ।


Advertisement

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि आइतवारदेखि लागू हुने गरी सेवा बन्द गर्ने निर्णय भएको भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुमकला पाण्डेले लोकान्तरलाई बताइन् ।

अन्य कार्यालयहरूको हकमा भने सम्बन्धित कार्यालयले नै निर्णय गर्ने पाण्डेको भनाइ छ ।


Advertisement

यस्तै उपत्यका छिर्ने सबै नाकामा विशेष कडाइ गरिने भएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्