नेपालमा कोरोनाका गम्भीर बिरामीको संख्या ६४, आईसीयूमा ६१ र भेन्टिलेटरमा ३ जना

नेपालमा कोरोना भाइरस कोभिड- १९ संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ६४ कोरोना संक्रमण पुष्टि भएको छ ।


Advertisement

मृतकको संख्या भने ७० पुगेको छ । पछिल्लोपटक थप ५ जनाको मृत्यु भएको पुष्टि स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयले गरेको हो ।

कुल संक्रमितमध्ये १५ हजार ८१४ जना निको भएर घर फिर्ता भएको मन्त्रालयले जनाएको  छ ।


Advertisement

मन्त्रालयका अनुसार नेपालमा कोभिड- १९ का सक्रिय संक्रमितको संख्या ६ हजार ३३० रहेको छ ।

जसमध्ये ६४ जनाको अवस्था गम्भीर छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार ६१ जनाको आईसीयू र ४  जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

सबैभन्दा बढी बाग्मती प्रदेशमा २६ जना आईसीयू र ३  जना भेन्टिलेटरमा छन् ।

यसैगरी प्रदेश २ मा ३२, प्रदेश ५ मा २ र प्रदेश १ मा १ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको  छ।

हेर्नुहोस्, सक्रिय संक्रमित कुन जिल्लामा कति ?

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्