व्यवसायीलाई राहत :  खरिद बिक्री खाता प्रमाणीकरणको म्याद पुस मसान्तसम्म थपियो

कोरोना महामारीको मार खेपिरहेका व्यवसायीहरूलाई सरकारले राहत दिएको छ ।

आन्तरिक राजश्व विभागले खरिद तथा बिक्री खाता प्रमाणीकरणको म्याद थप गरेको छ । जसबाट व्यवसायी लाभान्वित हुनेछन् । 


Advertisement

कोरोनाको मारमा रहेका उद्योगी व्यवसायीको सहजताको लागि पुस मसान्तसम्म यस्तो म्याद थप  आन्तरिक राजश्व विभागका उप महानिर्देशक मुक्ति प्रसाद पाण्डेले लोकान्तरलाई जानकारी दिए ।  

उनका अनुसार व्यवसायीहरुले भदौ र असोजसम्मको म्याद माग गरेका थिए । तर विभागले उनीहरूको सहजतालाई ध्यानमा राख्दै पुससम्म म्याद थप गरेको थप गरेको हो । 


Advertisement

मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरूले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १६(३) बमोजिम प्रत्येक वर्ष कर अधिकृतबाट खरिद तथा बिक्री खाता प्रमाणित गराउनु पर्ने कानूनी प्रावधान छ ।


 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्