×

NMB BANK
NIC ASIA

लेबननमा पूरै सरकारले राजीनामा दिएपछि अन्योलको स्थिति

साउन २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लेबननका प्रधानमन्त्री हसन दियाबले औपचारिक रूपमा दिएको राजीनामालाई राष्ट्रपति मिसेल आयोनले स्वीकार गरेका छन् । 

Muktinath Bank

अघिल्लो साता राजधानी बेरुतमा भएको भयंकर विस्फोटपछि जनताको आक्रोश चरमचुलीमा पुगेको छ र सरकार हट्नुपर्ने माग उठाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार राति राष्ट्रको नाममा सम्बोधन गर्दै दियाबले विस्फोटको अपराधमा जिम्मेवारी लिनुपर्ने भनी जनताको गरेको आह्वानमा ऐक्यबद्धता जनाउने बताए । गहिरो गरी जमेको भ्रष्टाचारका कारण विस्फोट भएको दियाबको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

‘म यस भ्रष्टाचारलाई सुधार गर्न सक्छु जस्तो लाग्थ्यो तर यो राज्य र प्रणालीभन्दा विशाल छ । त्यसैले म यो सरकारकै राजीनामाको घोषणा गर्छु,’ उनले भने । 

Vianet communication
Laxmi Bank

मन्त्रीहरूले गर्नसक्ने जति सबै काम गरेको किनकि देशको माया उनीहरूलाई भएको उनले बताए । विपक्षीहरूले राजनीतिक लाभ उठाउनका लागि यस विपतलाई उपयोग गर्न खोजेको र राज्यमा बचेखुचेको कुरा पनि ध्वस्त पार्न चाहेको उनको आरोप छ । 

राष्ट्रपति आयोनले दियाबलाई नयाँ सरकार गठन नहुन्जेलका लागि कार्यवाहक भूमिकामा बस्न आग्रह गरेका छन् । 
 

लेबननी जनताले प्रणालीमा तत्काल परिवर्तन गर्नुपर्ने र गत साता भएको विस्फोटमा जवाफदेहिता वहन गर्नुपर्ने माग गर्दै बेरुतका सडकमा लगातार प्रदर्शन गर्दै आइरहेका छन् । 
 

दियाबले यसअघि संसदीय निर्वाचनको आह्वान गरेका थिए र कैयौं मन्त्रीले राजीनामा समेत दिइसकेका थिए । तैपनि जनताको आक्रोश मत्थर नभएकाले विरोध प्रदर्शन चर्किंदै गए । जनताको आक्रोशलाई सम्बोधन गर्न सरकारले तत्कालै कुनै कदम चाल्नुपर्ने आवश्यकता भइसकेको थियो । 
 

बेरुतको बन्दरगाहमा भएको विस्फोटमा परी २०० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए भने हजारौं मानिस घाइते भएका थिए । अम्मोनियम नाइट्रेट विशाल मात्रामा बन्दरगाहको गोदाममा राखिएकाले त्यसमा आगोको झिल्को परी भयंकर विस्फोट भएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x