हेटौंडा, २२ वैशाख– मकवानपुरको गढी क्षेत्रमा रहेको शिवम् सिमेन्टको खानी क्षेत्रमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट ५ वटा एक्साभेटर जलेका छन् ।
जिल्लाको गढी गाउँपालिका–७ सुकौरास्थित चुनढुंगा खानी क्षेत्रमा रहेका ८ मध्ये ५ वटा एक्साभेटरमा गएराति आगजनी भएको हो । आगजनीबाट ५ वटा एक्साभेटरमा पूर्णरुपमा क्षति पुगेको छ ।
आगजनीबाट ४ करोड बढीको क्षति भएको शिवम् सिमेन्टका कर्मचारीको भनाइ छ । प्रहरीले घटनामा संलग्न खोजी भइरहेको जनाएको छ ।