३१ असार २०८३, बुधबार

फिलिपिन्समा गोली चल्दा कम्तीमा आठको मृत्यु

भदौ १३, २०७७
फिलिपिन्समा गोली चल्दा कम्तीमा आठको मृत्यु
प्रतिकार्यात्मक तस्वीर।

फिलिपिन्सको दक्षिणी राज्य कोटाबाटोमा एक समूहले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

एक स्थानीय अधिकारीका अनुसार कबाकन शहरमा मोटरसाइकलमा हिँडिरहेका पीडितहरू सबै पुरुष रहेका छन्। घटनाबारे अनुसन्धान सुरू गरिएको बताउँदै उनले थप जानकारी प्रारम्भिक अनुसन्धानपछि आउने बताए।

 आक्रमणको कारण र पीडितको पहिचानका लागि प्रहरी अनुसन्धान भइरहेको ती अधिकारीले बताए। यद्यपि घटनाबारे प्रहरीले आधिकारिक जानकारी गराइसकेको छैन।  

salt training

कमेन्ट गर्नुहोस्