माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
भदौ २३, २०७७
मुख्य अन्नबाली धान पसाउने बेलामा रासायनिक मल किन्नका लागि देशभरका किसानहरू लामालामा लाइनमा बसेका तस्वीर देखेपछि गतसाता मैले लेखेको थिएँ, ‘किसानको खेतमा घनश्यामको परीक्षा’ शीर्षकमा ।
किसानको पक्षमा लेखिएको छोटो टिप्पणीमा केही प्रतिक्रिया आए, केही स्थानीय पत्रपत्रिकाले पनि साभार गरे । लेख्नुको आशय किसानमारा कामचोर ठेकेदारमाथि कारवाही होस् भन्ने पनि हो । जे होस्, किसानमारा ठेकेदार कारवाहीको भागिदार भए । उनको धरौटी जफत भयो ।
मल नपाएका किसानको पक्षमा देखिएको अभूतपूर्व ऐक्यबद्धताका कारण मलको ठेक्का लिएर समयमा मल आपूर्ति नगर्ने कम्पनीलाई कारवाही गर्ने हिम्मतका लागि कृषि मन्त्री घनश्याम भुसाललाई धन्यवाद भन्नैपर्छ । सत्तारुढ दलको कार्यकारी अध्यक्षका घरबेटी जस्तो जब्बर ठेकेदारलाई कारवाही नगर्न दबाब परेको होला भन्ने सहज अनुमान गर्न सकिन्छ । राजनीतिक संरक्षणप्राप्त व्यक्ति र ठेकेदार पुरस्कृत हुँदै आइरहेको अतीत छ । र, शारदाप्रसाद अधिकारी अपवाद बन्दैनन् भन्ने आम जनताको आशंका थियो ।
मल अभावका कारण देशभर किसान लाइनमा बसेपछि र त्यसमा पनि आफ्नै निर्वाचन क्षेत्र चितवनमा रासायनिक मलको चरम अभाव भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ घरको खोजी गरेको एक टेलिभिजन अन्तर्वार्तामा बताएका छन् । तीनै बदनाम ठेकेदारका कारण प्रचण्ड सधैँ आलोचनाको भुमरीमा पर्ने गरेका छन् । कामचोर ठेकेदारका अगाडि आफ्नो नाम जोडिएकाले नयाँ घर खोजी गरेको बताएका हुन् कि साँच्चिकै त्यो त केही समयमै देखिइहाल्नेछ ।
घनश्यामले आँट लिएपछि सरकारी ठेक्का लिएर काम अलपत्र पारेका अन्य ठाउँका ठेक्का रद्द गर्ने इच्छाशक्ति भएमा एउटा नजिर स्थापित भएको छ । नगरकोट जाने सडक अलपत्र पारेको भन्दै उनीमाथि कारवाही गर्न संसद्मा पनि पटक–पटक कुरा उठ्दै आएको हो ।
बदमास ठेकेदारलाई कारवाही गरेर घनश्याम पहिलो परीक्षा (टेष्ट परीक्षा)मा त उत्तीर्ण भएका छन्, तर फाइनल परीक्षा भने बाँकी नै छ । किनभने किसानले मल त पाएका छैनन् । राज्यद्वारा अपहेलित किसानलाई कसले ठेक्का पायो, पाएन भन्दा पनि मल पाउनु अहोभाग्य भएको छ ।
शारदाप्रसाद अधिकारीलाई कारवाही भएको कुराले किसानको मनमा क्षणिक सान्त्वना दिएपनि मल नहाली उनीहरूको धान फल्ने छैन ।
मध्यरातदेखि लाइनमा बसेका सीमित किसानले कतैकतै १० किलोको दरले मल पाएका छन्, कतै पाएका छैनन् । १० किलो मल किन्नका लागि पर्याप्त छैन ।
सरकारले अहिले आएर बंगलादेशसँग मल सापटी मागेको छ, तर बंगलादेशले दिने प्रतिबद्धता जनाइसकेको छैन । उसले दिने मल कहिले आउने ठेगान छैन । नेपालको आग्रहअनुसार बंगलादेशले मल दियो भनेपनि नेपालसम्म ढुवानी गरेर सहकारी पसलमा पुग्ने बेलासम्म किसानको खेतमा धान पाक्न शुरू गर्नेछ । मल नपाउँदा यस वर्ष पनि किसानमाथि गम्भीर धोखा र कुठाराघात हुनेछ ।
आलोचनात्मक चेत र हक्की स्वभावका कारण तपाईंप्रति आम नागरिकको अपेक्षा अरूभन्दा बढी छ । मन्त्री पदमा तपाईंको शपथ सिंहदरवार हरिहरभवनको सडकमा ट्राफिक जाम गर्नका लागि मात्र होइन भन्ने म लगायत आम नागरिकको बुझाइ छ । यो थिति बसाल्ने समय पनि हो ।
कोरोना महामारीका कारण अन्य क्षेत्रमा कार्यतर मजदूर पनि अहिले कृषि कर्म र खेतीबालीमा लागेका छन् । अन्य क्षेत्रमा भएका अपूरणीय क्षतिको कृषि क्षेत्रमा उत्पादन बढ्दा केही मात्रामा भएपनि पूर्ति हुने धेरैको अपेक्षा थियो, तर समयमा मल नपाएपछि कोही युवा किन कृषिमा आकर्षित हुन्छ ?
छिमेकी भारतमा नेपालसँग सीमा जोडिएका प्रदेशमा सरकारले किसानका लागि कयौं अनुदान र सहुलियत दिएको छ । अनुदानका कारण उनीहरूको कृषि उपजको उत्पादन लागत कम छ । नेपालमा कृषिको उत्पादन लागत महंगो छ । अनि खुला सीमा रहेको भारतको उत्पादनसँग नेपाली कृषि उपजले कसरी प्रतिस्पर्धा गर्न सक्छ ?
फलस्वरूप तरकारी, फलफूलदेखि लिएर कोदो र फापरजस्ता आधारभूत खाद्य उत्पादन पनि भारतबाटै आयात गर्नुपरेको छ । किसानका लागि बिउ, मलजस्ता आधारभूत वस्तु उपलब्ध गराउन नसक्ने, किसानले उत्पादन गरेको धान र गहुँको न्युनतम समर्थन मूल्य तोक्न नसक्ने सरकारले ‘सुखी नेपाली र समृद्ध नेपाल’को फूईं किन लगाउने ?
नेपालमा किन नखोल्ने मल कारखाना ?
नेपालमा मल कारखाना खोल्ने विषय बेलाबखत चर्चा हुने गरेको छ । अरू बेला नभएपनि राजनीतिक दलको चुनावी घोषणा पत्र लेख्ने समय, कृषि मन्त्रीले शपथ खाने समय र नयाँ बजेट आउने समयमा लोकप्रिय नाराको रूपमा मल कारखाना खोल्ने कुरा जोडतोडले उठ्छ । मल कारखाना चुनावमा बिकाउ नारा बन्ने गरेको छ ।
मल अभाव भएपछि पहिलो संविधानसभाको कालखण्डमा संसदको प्राकृतिक स्रोत साधन समिति बैठकमा मल कारखाना खोल्नेबारे छलफल भएको थियो ।
तत्कालीन कृषि सचिव नाथुराम चौधरी लगायतलाई बोलाएर सभापति शान्ता चौधरीले छलफल गराएकी थिइन् । मल कारखानाका लागि न्युनतम पनि ३५ मेगावाट देखि १ सय ५० मेगावाटसम्म विद्युत २४ घण्टा आवश्यक पर्ने कृषि मन्त्रालयका अधिकारीहरूले बताएका थिए ।
दैनिक १८ घण्टासम्म लोडसेडिङ बेहोरिरहेको समयमा मल कारखाना खोल्ने कुरा त हावादारी कल्पना जस्तो थियो ।
एक दशकमा परिस्थिति बदलिएको छ । ढिलोचाँडो माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सम्पन्न भएपछि नेपाल विद्युतमा एकप्रकारले आत्मनिर्भर बन्दैछ ।
निजी क्षेत्रबाट प्रवर्धित अन्य आयोजनाले विद्युत् उत्पादन गर्न थालेपछि यहाँ सरप्लस हुनेछ । नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरू भविष्यमा नेपालको विद्युत् खेर जाने भयो भनेर चिन्ता गरिरहेको समयमा मल कारखाना खोल्न सके विद्युत् उपयोग स्वदेशमै हुनेथियो । बर्सेनि गरीब किसानको पैसा विदेशिने थिएन । बरु भारतको युपी, बिहार लगायतका राज्यमा नेपालको मलको बजार हुने थियो ।
रेल र पानीजहाज प्राथमिकतामा परेको मुलुकमा कृषि मल कारखाना खोल्ने कुरा स्वतः छायाँमा पर्ने भयो । मल कारखाना त खोल्ने, तर त्यसको व्यवस्थापन कसले गर्ने ? यही अहिलेको निकम्मा कृषि सामग्री कम्पनीले ? यस्तो निकम्मा संस्थाले मल कारखाना चलाउला भनेर कसले पत्याउने ?
कुलेश्वरको फलफूल बजारको पारिपट्टि रहेको कृषि सामाग्री कम्पनीको बेहालले देखाउँछ त्यसको व्यवस्थापन क्षमता कति छ भनेर । कति गैरजिम्मेवार छ यो संस्था ! जब किसानको खेतमा धान पसाउने बेला शुरू हुन्छ, अनि बंगलादेशबाट मल मगाउने तरखर हुन्छ । वर्षभरि कानमा तेल हालेर बस्ने र भदौ लागेपछि मलका लागि जुर्मुराउने कार्यशैलीले नेपालमा मल कारखाना चल्ला ?
यो त भविष्यको कुरा भयो । अहिले किसानले बेहोरिरहेको मल अभावको समाधान तात्कालिक आवश्यकता हो । नेकपा नेताहरूका लागि मदन भण्डारी प्रिय छन् । भण्डारीले भन्ने गर्दथे, ‘कुराले चिउरा भिज्दैन !’
मल अभावमा तड्पिरहेका किसानका लागि चाहिएको मल नै हो । किसानले मल पाएपछि बल्ल घनश्याम पास भएको ठानिने छ । यो परीक्षामा उत्तीर्ण हुनका लागि घनश्याम भुसाललाई अग्रिम शुभकामना छ ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...